ad ad

खेल


नेपालमा पहिलोपटक यू–१९ महिला टी–२० विश्वकप आयोजना हुँदै

नेपालमा  पहिलोपटक यू–१९ महिला टी–२० विश्वकप आयोजना हुँदै

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार ११:५६, काठमाडौँ

नेपालले पहिलो पटक यू–१९ महिला टी–२० विश्वकप आयोजना गर्ने भएको छ।

सन् २०२७ मा हुने यू–१९ महिला टी–२० विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्ने भएको हो। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार सन् २०२७ मा हुने यू–१९ विश्वकप आयोजकको नाम सार्वजनिक गरेको हो। 

आईसीसीका अनुसार नेपाल र बंगलादेशले संयुक्त रुपमा विश्वकप आयोजना गर्नेछ। सन् २०२४ को यू–२४ पुरुष विश्वकप श्रीलंका र २०२६ को विश्वकप जिम्बावे र नामिबियाले गर्नेछन्। 

सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले संयुक्त रुपमा आयोजना गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .