नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको हो। राष्ट्रिय टोलीको मुख्य हुन फिफाको प्रो–लाइसेन्स वाहक हुनुपर्नेछ।
अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टोली छाडेपछि नेपाली टोली प्रशिक्षक विहीन छ। अलमुताइरीले टोली छाडेयता नेपालले २ अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलिसकेको छ। दुई फरक खेलमा एन्फाले दुई जनालाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
गत असोज ११ गते बगंलादेशसँगको खेलमा प्रदीप हुमागाई र कार्तिक ३० गते पाकिस्तानसँगको खेलमा प्रवेश कटुवालले सहायक प्रशिक्षकको जिम्मेवारी पाएका थिए।
अलमुताइरीको प्रशिक्षणमा नेपालले खेलेका १९ खेल मध्ये ५ मा जित, २ खेलमा बराबरी गरेको थियो। १२ खेलमा भने नेपाल पराजित भएको थियो। उनको प्रशिक्षणमा नेपालले १६ गोल गर्दा ४६ गोल खाएको थियो।
मुख्य प्रशिक्षकसँगै एन्फाले टेक्निकल डिरेक्टर, फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरका लागि पनि दरखास्त आह्वान गरेको छ।
Shares
प्रतिक्रिया