पोर्चुगलविरुद्ध घानाले बराबरी गोल फर्काएको छ।
फिफा विश्वकपमा पोर्चगलविरुद्ध घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। आन्द्रेले विश्वकपमा पहिलो गोल गर्दा २४ औँ अन्तर्राष्ट्रिय गोल गरेका हुन्।
यसअघि पोर्च्गिज स्टार क्रिस्टियानो रोनाल्डोले खेलको ६४ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ६३ औँ मिनेटमा घानाका खेलाडीले रोनाल्डोलाई लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए।
जुन अवसरलाई रोनाल्डोले खेर जान दिएनन्। पेनाल्टीमा गोल गर्दै रोनाल्डोले लगातार पाँच खेलमा गोल गर्ने किर्तिमान कायम गरेका थिए।
99
Shares
प्रतिक्रिया