फिफा विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्स र ट्युनिसियाबीच प्रतिस्पर्धा भइरहेको छ।
एजुकेशन सिटी स्टेडियममा खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्।
यसअघि नै नकआउट चरण पुगिसकेको फ्रान्सले ट्युनिसियाविरुद्ध स्टार खेलाडीहरुलाई विश्राम दिएको छ।
उसले केलियन एम्बाप्पे, उस्मान डेम्बेले, जिरुड, ग्रिजम्यान, रोबिट, जुलेस कुन्डे लगायतका खेलाडी बेन्चमा राखेको छ।
खेलको आठौँ मिनेटमा नादेर गान्ड्रीले ट्युनिसियाका लागि गोल गरेपनि रेफ्रिले अफसाइड दिएका थिए।
यही समूहको अर्को खेलमा डेनमार्क र अष्ट्रेलियाले पनि गोलरहित बराबरी गरेका छन्।
अल जनौव स्टेडियममा डेनमार्क र अष्ट्रेलिया गोलरहित बराबरी खेलेका हुन्।
432
Shares
प्रतिक्रिया