ब्राजिलियन फुटबल लिजेन्ट पेले अस्पताल भर्ना भएका छन्।
क्यान्सरबाट पीडित पेले अल्वर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका हुन्। शरीर सुनिएपछि उनलाई अस्पताल लगिएको हो।
डाक्टरले उनको स्वाथ्यमा गम्भीर समस्या भने नदेखिएको बताएको पेलेकी छोरी केली न्यासीमेन्टोले जानकारी दिएकी छन्।
८२ वर्षीय पेले सेप्टेम्बर २०२१ मा शरीरबाट ट्युमर निकालिएको थियो। त्यसपछि उनी नियमित डाक्टरको निगरानीमा छन्। किमो थेरापी भइरहे पनि त्यसले सोचेजस्तो नतिजा दिन सकेको छैन।
पछिल्ला केही वर्षदेखि उनले स्वास्थ्य समस्या भोग्दै आएका छन्। अस्वस्थताकै कारण विश्वकप फुटबलको उद्घाटनमा उनी कतार जान सकेनन्।
195
Shares
प्रतिक्रिया