विश्वकप फुटबल २०२२ अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकाविरुद्ध ३–१ को अग्रता लिएको छ।
नेदरल्याण्ड्सका लागि खेलको ८३ औं मिनेटमा डेन्जेल डुम्फ्रिसले गोल गर्दै अग्रता ३–१ मा पु¥याएका हुन्। यसअघि खेलको ७६ औं मिनेटमा अमेरिकाका हाजी राइट्सले गोल गरेका गर्दै खेल २–१ को अवस्थामा पु¥याएका थिए।
यसअघि खेलको पहिलो हाफ सकिँदा नेदरल्याण्ड्सले २–० को अग्रता लिएको थियो।
खालिफा इन्टरनेशनल स्टेडियममा १० औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा मिडफिल्डर डली ब्लिनले अग्रता दोब्बर पारेका हुन्। दुवै गोलमा मिडफिल्डर डेन्जल डुमफ्रिसले असिस्ट गरेका हुन्।
नेदरल्याण्ड्स समूह ए को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। अमेरिका समूह बी को उपविजेता हो। दुवै टोली समूह चरणमा अपराजित थिए। आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्ने छ।
Shares
प्रतिक्रिया