युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र एसिया रग्बी एसोशियसनका अध्यक्ष कैस अल धलाइबिच भेटवार्ता भएको छ।
बिहीबार नेपाल आएका धलाइले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा नेपालमा रग्वी खेलको विकासका विविध पक्षबारे छलफल भएको खेलकुदमन्त्रीको सचिवालयले जनाएको छ।
नेपालमा रग्वी खेलको विकासका लागि सरकारले प्रयास गरिरहेको बताउँदै मन्त्री गहतराजले विदेशि एसिया रग्बीका अध्यक्षको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सहज हुने विश्वास ब्यक्त गरेका छन्।
भेटमा धलाइले नेपालमा रग्बी खेलको सम्भावना प्रचुर रहेको उल्लेख गर्दै पूर्वाधार तथा रग्बी खेलको समग्र विकासमा सहयोग गर्ने प्रतिवद्दता
जनाएका छन्।
शनिबारदेखि दशरथ रंगशालामा संचालन भएको दुई दिने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ बिहीबार नेपाल आएका आएका हुन्।
नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना गरिएको हो।
Shares
प्रतिक्रिया