ब्राजिलका युवा स्टार प्रोडिजी एन्ड्रीक रियल मड्रिडमा जोडिएका छन्।
ब्राजिलियन क्लब पाल्मीरासका १६ वर्षिय एन्ड्रीक सन् २०२४ पछि रियलबाट युरोपियन र स्पेनिस च्याम्पियनसिपमा देखिनेछन्।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियम अनुसार १८ वर्षभन्दा कम उमेरको खेलाडीलाई विदेश पठाउन पाइँदैन।
पाल्मीरास र रियलले एन्ड्रीकसँगको सम्झौताबारे भने केही खुलाएका छैनन्। एन्ड्रीकले केही समयपछि उनको नयाँ क्लबको भ्रमणका लागि स्पेन पुग्नेछन्।
एन्ड्रीकले आफ्नो क्लबलाई धन्यवाद दिदै भने, ‘पाल्मीरास सँधै मेरो मनमा छ, मेरो र मेरो परिवारको सपनाहरु पुरा गर्न सहयोग गर्न मद्धत गरेकोमा धन्यवाद!’
रियलमा जोडिएपछि आफुले अझै मेहनत गर्ने बताउँदै राम्रो प्रर्दशन गर्ने सुनाएका छन्। एन्ड्रिक पाल्मीरासको इतिहासमा सबैभन्दा कान्छा खेलाडी र गोलकर्ता हुन्।
Shares
प्रतिक्रिया