ad ad

खेल


राष्ट्रिय फुटबल टोलीका अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित

राष्ट्रिय फुटबल टोलीका अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १७:३, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य फरवर्ड अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन्। 

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा अन्जनलाई छत्रबहादुर थापा स्मृति ट्रस्ट र कमललाई शिव विष्णु स्मृति ट्रस्टले सम्मान गरेको हो।

सम्मानित दुवै खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको छ। 

राष्ट्रिय टोलीका नियमित सदस्य अन्जनले ११ गोल गरिसकेका छन्। 

कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए। 

तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व. छत्रबहादुर थापाको स्मृतिमा सम्मान कार्यक्रम आयोजना गरिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .