नेपाल टी–२० लिग अन्तर्गत सोमबार जारी खेलमा काठमाडौँ नाइट्स्ले फार वेस्ट युनाइटेडसामु ९९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युनाइटेडले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रनको योगफल तयार पारेको हो।
काठमाडौका एलेक्स ब्लेकले बनाएको ४५ रनमा नटआउट रहे। उनले ३७ बलमा ५ चौका र एक छक्का हाने। कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
फारवेष्टका लागि उमैर अली एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १५ रन खर्चे। भुवन कार्की, हस्मतुल्लाह शाहीदीले समान २ विकेट झारे। शेर मल्लले एक विकेट आफ्नो नाममा गरे।
फारवेष्टले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
33
Shares
प्रतिक्रिया