इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार भएको खेलमा आर्सनलले वेस्ट ह्याममाथि ३–१ अंकको जित हात पारेको छ। विश्वकपअघि उत्कृष्ट प्रदर्शन गर्दै लिगको शीर्षस्थानमा रहन सफल आर्सनलले विश्वकपपछिको खेलमा पनि उक्त लय कायम राखेको हो।
सोमबार भएको खेलमा आर्सनललाई जित दिलाउने क्रममा बुकायो साका, गाब्रियल मार्टिनेली र एडी एनकेटिहले १/१ गोल गरेका थिए।
खेलको २७ औं मिनेटमा पाएको पेनाल्टीमा वेस्ट ह्याकका साइद बेन्राहमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अगाडि रहे पनि वेस्ट ह्यामले दोस्रो हाफमा अग्रता बचाइराख्न भने सकेन।
यससँगै लिगको शीर्षस्थानमा रहेको आर्सनलले १५ खेलबाट ४० अंक हात पारेको छ। आर्सनलले १५ मध्ये १३ खेलमा जित हात पारेको छ। एक खेल बराबरी खेलेको उसले एक खेलमा मात्र हारको सामना गरेको छ।
Shares
प्रतिक्रिया