इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नटिंघम फरेस्टमाथि ३–० को जित हात पारेको छ।
मंगलबारको खेलमा म्यानचेस्टर युनाइटेडलाई जित दिलाउने क्रममा खेलको १९ औं मिनेटमा मार्कस रासफोर्ड, २२ औं मिनेटमा एन्टोनी मार्सियल र ८७ औं मिनेटमा फ्रेडले गोल गरे।
यससँगै लिगको पाँचौं स्थानमा रहेको युनाइटेडले १५ खेलबाट २९ अंक हात पारेको छ।
लिगमा विश्वकपपछिको पहिलो खेलमा नै युनाइटेडले शानदार प्रदर्शन गरेको हो।
विश्वकपअघि टोलीका मुख्य खेलाडी रहेका क्रिस्टियानो रोनाल्डो र क्लबबीच सम्झौता रद्द गर्ने सहमति भएको थियो।
381
Shares
प्रतिक्रिया