नेपाल टी २० लिगमा लुम्बिनी अल स्टार र फरवेष्ट युनाइटेडबीचको खेल सुपर ओभरमा पुगेको छ।
फारवेस्टले दिएको १३८ रनको लक्ष्य अलस्टारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै भेट्टाएपछि खेल सुपर ओभरमा गएको हो।
अलस्टारका लागि ओपनर लाहिरु मिलान्थाले ३४ रनको योगदान दिए। २० बलको सामना गरेका उनले २ चौका र ४ छक्का हाने। विपुल शर्माले ३१ रन बनाउँदा रन आउट भए। २७ बलको सामना गरेका उनले १ चौका र २ छक्का हाने। गुल्सन झा ३६ सागर ढकाल १ रनमा नटआउट रहे। सुनिल धमाला, कुशल भुर्तेल, शुन्य रनमा आउट भए।
फाररवेस्टका लागि शेर मल्ल र करण केसीले समान २ विकेट लिए। रसिद खान, उमैर अली, हस्तमुल्लाह शाहिदी र भुवन कार्कीले एक एक विकेट झारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अल स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार पारेको थियो।
फरवेष्टका ओपनर देव खनाल ४८ र हसिम अन्सारी ११ रनमा पवेलियन फर्के। ४२ बलको सामना गरेका देवले ५ चौका हाने। कप्तान हस्मतुल्लाह शाहिदी ३२ र भिम सार्की १५ रनमा आउट भए। २९ बलको सामना गरेका शाहिदीले ३ चौका हाने।
विनोद भण्डारी ११ रनमा एलबीडब्लु धरापमा परे। करण केसी १२ र उमैर अली १ रनमा नटआउट रहे। लुम्बिनीका स्याड्ली भानले २ तथा हरमित सिंह, किशोर महतो र सागर ढकालले एक एक विकेट लिए।
Shares
प्रतिक्रिया