पोखरामा सुरु आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान एफसीले विजयी सुरुवात गरेको छ।
पोखरा रंगशालामा बिहिबार भएको उद्घाटन खेलमा धरानले आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै धरान क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
खेलको पाँचौ मिनेटमा प्रकाश बुढाथोकीको फ्रिकीकमा धरानले अग्रता बनाएको थियो।
खेलको चौथो मिनेटमा सहाराका भगवत चौधरीले प्रकाश बुधाथोकीलाई लडाएपछि पाएको फ्रिकिकलाई प्रकाशले नै पोष्टको दिशा दिएका हुन्।
खेलको १० औं मिनेटमा सहाराले बराबरी गर्ने मौका खेर फाल्यो। विक्रम सिंह ठकुरीले हेडर प्रहार पोष्टको नतिजबाट बाहिरिदा साराले बराबरीको अवसर गुमायो। खेलको दोस्रो हाफमा सहाराले गोल गर्ने अवसर पाएपनि त्यसलाई सुदपयोग गर्न सकेन।
धरानले अब शनिबार साविक विजेता एपीएफ फुटबल क्लबको सामना गर्नेछ। आयोजक सहारा भने पहिलो खेलमा हार भोग्दै प्रतियोगिताबाट बाहिरिएको छ।
Shares
प्रतिक्रिया