ad ad

खेल


काठमाडौंलाई लुम्बिनीले दियो १५१ रनको लक्ष्य

काठमाडौंलाई लुम्बिनीले दियो १५१ रनको लक्ष्य

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १०:४३, काठमाडौँ

लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा काठमाडौँ नाइट्ससामु १५१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रनको योगफल तयार पारेको हो। 

कप्तान दिपेन्द्र सिंह ऐरी ४० रनमा क्याच आउट भए। २७ बलको सामना गरेका दिपेन्द्रले ३ चौका र १ छक्का हाने। 

लुम्बिनीका ओपनर लाहिरु मिलान्था २५ र सुनिल धमाला ३ रनमा पवेलियन फर्के। मिलान्थाले १८ बलमा २ छक्का हाने। कुशल भुर्तेल १९ रनमा एलबीडब्लु धरापमा परे। अनिल शाह १३ र हरमित सिंह १२ तथा ह्यारी टेक्टर ७ रनमा क्याच आउट भए। 

सेड्ली भान २१ रनमा नटआउट रहे। गुल्सन झा २ रनमा रनआउट भए। 

काठमाडौका अज्मतुल्लाह ओमरजाइ २ विकेट लिए। अविनास बोहोरा, अनिल खरेल, बसिर अहमद, सुनिल गौतम र एलेक्स ब्लेकले समान एक एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .