भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तराखण्डको रुडकीमा उनको कार डिभाइडरसँग ठोक्किएको थियो। समाचारमा उल्लेख गरिएअनुसार रुडकीको सीमाक्षेत्रमा उक्त दुर्घटना भएको हो। दुर्घटनापछि कारमा आगो लागेको थियो।
स्थानीय प्रहरी अधिकारी स्वप्न किशोरले यो दुर्घटनाबारे जानकारी दिँदै भने, ‘ऋषभ पन्तको कार हरिद्वार जिल्लामा मंगलोर र नारसनको बीचमा दुर्घटना भएको हो। रुडकी सिभिल अस्पतालमा सुरुवाती उपचारपछि उनलाई देहरादूनस्थित म्याक्स अस्पतालमा शिफ्ट गरिएको छ।’
Cricketer Rishabh Pant met with an accident on Delhi-Dehradun highway near Roorkee border, car catches fire. Further details awaited. pic.twitter.com/qXWg2zK5oC
— ANI (@ANI) December 30, 2022
138
Shares
प्रतिक्रिया