ad ad

खेल


सेन्ट्रल जोन बिच भलिबलमा महिला र पुरुष दुवैमा नेपाललाई रजत

सेन्ट्रल जोन बिच भलिबलमा महिला र पुरुष दुवैमा नेपाललाई रजत

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १३:५८, काठमाडौँ

बंगलादेशको ढाकामा सम्पन्न एशियन सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा नेपालले महिला पुरुष दुवैतर्फ रजत पदक जितेको छ। 

ढाकाको कोक्स बजारमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले रजत पदक जितेको हो।

महिलातर्फ कोपिला उप्रेती र कमला गुरुङको जोडीले रजत पदक जितेका हुन्। 

काभा बिच भलिबलमा नेपालको तर्फबाट महिला पुरुष दुवैले रजत पदक जितेको यो पहिलो पटक हो। 

रजत पदक विजेता खेलाडीले उपाधिसहित नेपाली ४६ हजार रुपैयाँ प्राप्त गरेका छन्। 

रजत पदक विजेता खेलाडी भोलि शनिबार नेपाल फर्किँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .