ad ad

खेल


आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइजसँग पुलिस स्तब्ध

आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइजसँग पुलिस स्तब्ध

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १८:५६, काठमाडौँ

नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड आरा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको हो। 

आहा रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइजले खेलमा १–० ले पछि परेको स्थिती उल्टाउँदै रोमाञ्चक जित निकालेको हो। चर्च ब्वाइजको जितमा अन्जन विष्ट र अनन्त तामाङले गोल गरे।

अन्जन यही सिजन मनाङ छाडेर तथा अनन्त थ्रीस्टार छाडेर चर्चब्वाइज पुगेका हुन्। पुलिस क्लबका लागि रवि पासवानले गोल गरे। 

खेलको २५ औँ मिनेटमा रविको गोलमा पुलिस क्लबले सुरुवाती अग्रता लिएको थियो। खेलमा अग्रता बनाएपछि अन्तिम समयमा सम्हालिन नसक्दा पुलिस पहिलो चरणबाटै घर फर्किन बाध्य भएको हो। 

खेलको ७६ औँ मिनेटमा अन्जनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। निर्धारित समयमा १–१ को बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको १ सयौँ मिनेटमा अनन्तले गोल गर्दै जित पक्का गरेका हुन्। 

चर्च ब्वाइजले प्रतियोगिताको क्वार्टरफाइनलमा आइतबार ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबको सामना गर्नेछ। 

प्रतियोगितामा भोलि शनिबार साविक विजेता एपीएफ फुटबल क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ। धरान पहिलो खेलमा आयोजक सहारालाई हराउँदै अन्तिम ८ मा पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .