ad ad

खेल


रोनाल्डोसँग सम्झौता भएको केही घण्टामै २० लाख बढे अल नासरका फलोअर्स

रोनाल्डोसँग सम्झौता भएको केही घण्टामै २० लाख बढे अल नासरका फलोअर्स

नेपालखबर
पुस १६, २०७९ शनिबार ११:४२, काठमाडौँ

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई टोलीमा अनुबन्धन गरेसँगै साउदी अरेबियाको फुटबल क्लब अल नासरका फलोअर्स ह्वात्तै बढेका छन्।

३७ वर्षीय यी स्टाइकरलाई टोलीमा अनुबन्धन गरेको केही घण्टामा नै अल नासर क्लबको आधिकारिक इन्स्टाग्राममा फलोअर्स २० लाखभन्दा धेरैले बढेका छन्।

रोनाल्डोलाई अनुबन्धन गर्नुअघि इन्स्टाग्राममा यो क्लबका फलोअर्सको संख्या ८ लाख ६० हजार थियो। यो समाचार तयार पार्दासम्म भने यो संख्या बढेर २९ लाख पुगिसकेको छ। 

सन् २०२५ सम्मको लागि साउदी क्लबमा जोडिएका रोनाल्डो सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर्स भएका खेलाडी हुन्। उनको इन्स्टाग्राममा ५२ करोड ६० लाख फलोअर्स छन्। 

लामो समयदेखि रोनाल्डो साउदी क्लबमा जाने हल्ला चलिरहेको अवस्थामा शुक्रबार आधिकारिकरुपमा क्लबले उनीसँग सम्झौता भएको घोषणा गरेको हो। क्लबले उनलाई आफ्नो टोलीमा भित्र्याउनुले नयाँ इतिहास रच्न सफल भएको बताएको छ। 

रोनाल्डोले पनि आफ्नो क्षमता एसियामा देखाउन आफू उत्सुक रहेको उल्लेख गरेका छन्। विभिन्न सञ्चारमाध्यमहरुले उनी वार्षिक करिब २० करोड डलर तलब बुझ्ने गरी अल नासर गएको बताएका छन्। यो समाचार सत्य हो भने उनी सबैभन्दा धेरै तलब खाने खेलाडी हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .