नेपाल टी२० लिगअन्तर्गत शनिबारको खेलमा लुम्बिनी अल स्टार्स पोखरा एभेन्जर्ससँग नौ विकेटले पराजित भएको छ।
यसअघिका पाँचै खेलमा जित हात पार्दै लिगको शीर्षस्थानमा रहेको लुम्बिनीको अपराजित यात्रा रोकिएको हो।
शनिबार पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। लुम्बिनीका लागि हर्मित सिंहले सबैभन्दा धेरै ३८ रन बनाए। पोखराका बिपिन कार्की र जाहिर खानले समान ३÷३ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको पोखराले १ विकेटको क्षतिमा १८ ओभर २ बल खेल्दै लक्ष्य पुरा गर्यो। पोखराका लागि आसिफ शेखले शानदार पाली खेल्दै ६२ बलमा अविजित ७७ रन बनाए। आरिफ शेख २६ रनमा अविजित रहे। पोखराको लागि यो दोस्रो जित हो।
198
Shares
प्रतिक्रिया