इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
खेलको २४ औं मिनेटमा एर्लिङ हालान्डको गोलमा अग्रता लिएको सिटीले अन्तिम समयसम्म आफ्नो अग्रता भने बचाइराख्न सकेन।
खेलको ६४ औं मिनेटमा एभर्टनका लागि डेमराइ ग्रेले गोल गरेका थिए। खेलमा थप गोल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका हुन्।
यससँगै सिटी लिगको उपाधि दौडमा आर्सनलभन्दा ७ अंकले पछि परेको छ। सिटीले १६ खेलबाट ३६ अंक हात पारेको छ।
आर्सनलले समान खेलबाट ४३ अंक जोडेको छ।
120
Shares
प्रतिक्रिया