इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वुल्भ्समाथि १–० गोल अन्तरको जित हात पारेको छ।
शनिबारको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा खेलको ७६ औं मिनेटमा मार्कस रासफार्डले निर्णायक गोल गरेका थिए।
यससँगै युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ। युनाइटेडले १६ खेलबाट ३२ अंक हात पारेको छ।
तेस्रो स्थानमा रहेको न्युकास्टलले १७ खेलबाट ३४ अंक हात पारेको छ।
अबको खेलमा जित हात पार्दै तेस्रो स्थानमा उक्लिने मौका युनाइटेडसँग छ।
189
Shares
प्रतिक्रिया