स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना एस्पानोलसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
खेलको सातौं मिनेटमा नै मार्कस एलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका भए पनि टोलीले उक्त अग्रता अन्तिमसम्म कायम भने राख्न सकेन। खेलको ७३ औं मिनेटमा पेनाल्टीमार्फत एस्पानोलकबा जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
तनावपूर्ण बनेको शनिबारको खेलमा बार्सिलोनाका जोर्डि अल्बा र एस्पानोलका भिनिसस सोउजा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
यससँगै लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले रियलसँगको अंकदुरी बढाउने मौका गुमाएको छ।
बार्सिलोनाले १५ खेलबाट ३८ अंक हात पारेको छ। समान खेलबाट समान अंक हात पारेको रियल गोल अन्तरमा भने बार्सिलोनाभन्दा पछाडि छ।
465
Shares
प्रतिक्रिया