फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजी लेन्ससँग ३–१ ले पराजित भएको छ।
आइतबारको खेलको पाँचौं मिनेटमा नै लेन्सले अग्रता लिएको थियो। तर, आठौं मिनेटमा पीएसजीका ह्युगो एकिटिकेले खेललाई बराबरीमा ल्याए पनि खेलको २८ औं र ४७ औं मिनेटमा गोल गर्दै लेन्सले महत्वपूर्ण तीन अंक हात पारेको हो।
जारी सिजनमा यो पीएसजीको पहिलो हार हो। हारका बाबजुद पीएसजी लिगको शीर्षस्थानमा छ। उसले १७ खेलबाट ४४ अंक हात पारेको छ। समूहको दोस्रो स्थानमा रहेको लेन्सले समान खेलबाट ४० अंक हात पारेको छ।
यसअघिको खेलमा रातो कार्ड पाएका कारण आइतबारको खेलमा नेयमार अनुपस्थित थिए भने लियोनेल मेस्सीले पनि यो खेल खेलेका थिएनन्।
264
Shares
प्रतिक्रिया