इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी नटिंघम फरेस्टसँग १–१ को बराबरीमा रोकिएको छ।
खेलको १६ औं मिनेटमा नै रहिम स्टर्लिङको गोलबाट चेल्सीले अग्रता लिएको भए पनि उक्त अग्रतालाई अन्तिम समयसम्म भने बचाइराख्न सकेन।
खेलको ६३ औं मिनेटमा नटिंघम फरेस्टका सर्ज औरियरले बराबरी गोल फर्काएका थिए।
खेलमा थप गोल हुन नसकेसँगै चेल्सी अंक बाँड्न बाध्य भएको हो।
यससँगै लिगको आठौं स्थानमा रहेको चेल्सीले १६ खेलबाट २५ अंक हात पारेको छ।
78
Shares
प्रतिक्रिया