एलेक्स ब्लेकको आक्रामक ब्याटिङमा नेपाल टी२० लिगमा काठमाडौँ नाइट्सले पोखरा एभेन्जर्ससामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको हो।
काठमाडौका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रनको योगदान दिदए। ब्लेकले २८ बलमा ३ चौका र ७ छक्का हाने। रायल वर्ल १० र लोकेश बम ४ रनमा नटआउट रहे।
ओपनर विरनदिप सिंह ३२ र सुनाम गौतम ४५ रनमा पवेलियन फर्के। ३८ बलको सामना गरेका विरनदिपले २ चौका र १ छक्का हाने। सुनामले ४२ बलमा ५ चौका हाने। अज्मतुल्लाह ओम्जाइ ३ रनमा बोल्ड आउट भए।
पोखराका लागि तुल थापाले २ तथा कुशल मल्ल र प्रतिश जिसीले एक एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया