काठमाडौ नाइट्सले नेपाल टी २० लिगमा विराटनगर सुपर किंग्ससामु ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौँले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ रनको योगफल तयार पारेको हो।
खेलाडीको पारिश्रमिक विवादका कारण निर्धारित समयभन्दा २ घण्टा ढिला गरि खेल सुरु भएको थियो।
काठमाडौँका सन्दीप रजाली ३२ र कमल ऐरि १४ रनमा नटआउट रहे।
कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट भए। एलेक्स ब्लेक १३ रनमा पवेलियन फर्के।
विराटनगरका नन्दन यादव एक्लैले ३ विकेट लिए। हुसैन तलात र काइन जोसेपले एक विकेट लिए।
30
Shares
प्रतिक्रिया