इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल र न्युकास्टलले गोलरहित बराबरी खेलेका छन्।
मंगलबार भएको खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएर केही राम्रा प्रहार गरेको भए पनि लिगको शीर्षस्थानमा रहेको आर्सनलले गोल भने गर्न सकेन।
यससँगै दुवै टोलीले १/१ अंक हात पारेका छन्। आर्सनलले १७ खेलबाट ४४ अंक हात पारेको छ।
एक खेल कम खेलेको म्यानचेस्टर सिटीभन्दा यो टोली ८ अंकले अगाडि छ।
तेस्रो स्थानमा रहेको न्युकास्टलले भने १८ खेलबाट ३५ अंक हात पारेको छ।
39
Shares
प्रतिक्रिया