इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा टोटह्याम हटस्परले क्रिस्टल प्यालेसमाथि ४–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।
बुधबारको खेलमा टोटनह्यामलाई जित दिलाउने क्रममा ह्यारी केनले २ गोल गरे। उनले खेलको ४८ औं र ५३ औं मिनेटमा गरी दुई गोल फर्काएका हुन्।
त्यस्तै खेलको ६८ औं मिनेटमा म्याट डोहर्टी र७२ औं मिनेटमा सोन हेउङ मिनले गोल गरेका थिए।
यससँगै लिगको पाँचौं स्थानमा रहेको टोटनह्यामले १८ खेलबाट ३३ अंक हात पारेको छ।
84
Shares
प्रतिक्रिया