सन् २०२३ को सहिद स्मारक ए डिभिजन लिगका लागि १४ मध्ये ११ वटा क्लबले सहभागिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)मा फारम बुझाएका छन्।
बुधबारसम्म ११ क्लबले फारम बुझाएको एन्फाले जनाएको छ। ११ मध्ये १० वटाले तयारी रकमको पहिलो किस्ता समेत बुझेको एन्फाले जनाएको छ।
ती क्लबहरुमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रिस्टार क्लब, संकटा क्लब, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब रहेका छन्।
तयारी रकमको पहिलो किस्तास्वरुप उनीहरुले १५ लाख रुपैयाँ समेत बुझेका छन्। एन्फाले तयारीका लागि हरेक क्लबलाई साढे ३२ लाख रुपैयाँ दिन्छ। यो रकम अघिल्लोपटकको भन्दा १० लाख बढी हो।
क्लबहरुले जनवरी ६ सम्म इन्ट्री फर्म बुझाइसक्नुपर्ने हुन्छ। ए डिभिजन लिग मार्च ३ अर्थात् आगामी फागुन १९ देखि सुरु हुँदै छ।
Shares
प्रतिक्रिया