अतिरिक्त समयको पनि अन्त्यतिर क्याप्टेन सुनिल बल नायक बन्दा डिफेण्ड्रि च्याम्पियन संकटा क्लबले पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको उपाधि रक्षा गरेको छ।
निर्धारित समयमा २–२ को बराबरी भएसँगै अतिरिक्त समयमा धकेलिएको खेलको ११७ औं मिनेटमा क्याप्टेन तथा मिडफिल्डर बलले उत्कृष्ट गोल गरेका थिए।
२२ औं संस्करणको यो प्रतियोगिताको फाइनलमा संकटाले अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गरेको थियो। प्रतियोगिताको विजेता संकटाले १२ र पाहुना टोली भुटानी स्पोर्टस्ले ६ लाख रुपैयाँ प्राप्त गरेका छन्।
54
Shares
प्रतिक्रिया