नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको समूह विजेता बन्दै पुरुषतर्फको समूह विजेता बनेको छ।
बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस क्लब अन्तिम ८ मा पुगेको हो। पुलिस क्लबले गण्डकीमाथि २५–२३, २५–२१, २४–२६ र २५–१५ को रोमाञ्चक जित निकालेको हो। समुह सी मा रहेको पुलिस क्लबले तिन खेलमा जित निकाल्दै ९ अक जोडेको हो।
पुलिस क्लबले अब क्वाटरफाईनलमा समूह ए को दावाँली मिलन केन्द्रसँग खेल्नेछ।
त्यसअघि भएको समूह सी कै अर्को खेलमा ढोरपाटन स्पोर्टस् क्लबले नव प्रवेशी न्यूटन भलिबल एकेडीलाई ३–२ को सेटमा पाखा लगाएको छ।
ढोरपाटनले न्यूटनलाई २५–२३, २५–२०, १८–२५, २२–२५ र १५–९ ले पराजित गर्दै अंक बाडेको हो। एक खेलमा जित र एक खेलमा हार भोगेको ढोरपाटनको २ अंक बनाएको छ। न्यूटनको १ अंक रहेको छ। गण्डकीको ३ अंक भएको छ। गण्डकी र ढोरपाटनविचको खेलले सुमह सी बाट अन्तिम ८ मा पुग्ने टोलीको टुङ्गो लाग्नेछ।
आजै भएको समूह डी को खेलबाट टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब अन्तिम ८ मा पुगेको छ। आजै भएको खेलमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल क्लबलाई २५–१८, २५–१८ र २५–१३ को सोझो सेटमा पाखा लगाउँदै हेल्प नेपाल क्वार्टरफाइनलमा पुगेको हो।
लगातार दुई खेलमा जित निकालेको हेल्प नेपालले ६ अंक बनाएको छ। हेल्प नेपालले पहिलो खेलमा बुढानिलकण्ठ स्पोर्टस् क्लबलाई पराजित गरेको थियो।
आजै भएको महिलातर्फको खेलमा समूह बी बाट त्रिभुवन आर्मी क्लब सेमिफाईनलमा प्रवेश गरेको छ। आर्मीले गण्डकी प्रदेशलाई २५–११, २५–१० र २५–१५ को सोझो सेटमा हराउँदै अन्तिम ४ मा पुगेको हो। आर्मीले पहिलो खेलमा कृष्ण सेकेन्डरी एकेडेमीलाई पराजित गरेको थियो।
महिला तर्फकै अर्को खेलमा एभरेष्ट भलिबल क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई २५–१२, २५–१२ र २५–१४ ले पराजित गरेको छ।
समूह ए मा रहेको एभरेष्ट च्याम्पियनसिपबाट बाहिरिए पनि क्लबल लिगमा भने छनोट हुन सफल भएको छ।
Shares
प्रतिक्रिया