राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरेका छन्।
राप्रपा नेपालद्वारा ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचार भन्दा माथि रहेको भन्दै नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताए।
उनलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने थापाको भनाई छ।
७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट गरे।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा. रमेश ढुंगेल र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको योगदान र व्यक्तितब माथि प्रकाश पारेका थिए।
Shares
प्रतिक्रिया