चौथोपटक ग्रान्ड स्लाम जितेकी नाओमी ओसाका आमा बन्दै छिन्।
जापानिज खेलाडी ओसाकाले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।
उनले लेखेकी छन्, ‘२०२३ मेरा लागि धेरै कुरा सिक्ने अवसरका रूपमा रहनेछ, २०२४ मा भने राम्रो पुनरागमन गर्नेमा विश्वस्त छु। म खेलिरहेको मेरो बच्चाले हेर्नेछ र भन्नेछ– उहाँ मेरो आमा हो।’
ओसाकाले पछिल्लो समय सन् २०२१ मा अस्ट्रेलियन ओपनको उपाधि जित्दै चौथो ग्रान्ड स्लाम विजेता बनेकी थिइन्।
२०२१ मा ओसाकाले मानसिक कारण देखाउँदै फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी थिईन्। उनले आफू डिप्रेसनबाट गुज्रिरहेको बताउँदै ५ महिना खेलबाट विश्राम लिएकी थिइन्।
गर्भावस्थाका कारण खेललाइ विश्राम दिन लागेकी ओसाका पछिल्लो समयकी हाई प्रोफाइल खेलाडी हुन्।
42
Shares
प्रतिक्रिया