ad ad

राजनीति


मन्त्री व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित

मन्त्री व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित

फाइल।


नेपालखबर
पुस २८, २०७९ बिहिबार १३:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी अन्तिम समयमा स्थगित भएको हो। 

सरकारका मन्त्रीहरु व्यस्त भएपछि बैठक स्थगित गरिएको प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। ‘मन्त्रीहरु व्यस्त भएपछि बैठक स्थगित गरिएको हो। आज नियमित बैठक बस्ने तयारी थियो।।’ स्रोतले भन्यो। 

आजको बैठकमा केही विद्येयक, सचिव र सहसचिवहरूको सरुवा लगायतका एजेण्डामाथि छलफल गर्ने तयारी थियो। 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन गएका छन्। अन्य केही मन्त्रीहरू पनि पूर्वनिर्धारित कार्यक्रममा व्यस्त भएपछि बैठक स्थगित गरिएको हो।

मन्त्रिपरिषद् बिना विभागीय ४ सहित ८ सदस्यीय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .