रियल बेटीसलाई ट्राइब्रेकरमा हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।
बिहीबार राति साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलमा रियल बेटीसलाई ट्राइब्रेकरमा ४–२ ले हराउँदै बार्सा उपाधि नजिक पुगेको हो।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि २–२ को बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबट लिइएको थियो।
ट्राइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे।
रियलका जुअनमी र विलियन काभाल्हो चुक्दा बार्साले खेल जितेको हो।
बार्सा अब उपाधिका लागि रियल म्याड्रिडसँग भिड्नेछ।
रियलले बुधबार राति भ्यालेन्सियालाई ट्राइब्रेकरमै ४–३ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको थियो। फाइनल खेल आइतबार राति हुनेछ।
Shares
प्रतिक्रिया