ad ad

खेल


सन्दीपका वकिल भन्छन् : क्यानले उनलाई कप्तानमा फर्काउनुपर्छ

सन्दीपका वकिल भन्छन् : क्यानले उनलाई कप्तानमा फर्काउनुपर्छ

सन्दीपका वकिल सरोजकृष्ण घिमिरे। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १२:१३, काठमाडौँ

बलात्कार अभियोगमा उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि क्रिकेटर सन्दीप लामिछाने शक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा हुँदैछन्।

उनको रिहाइका लागि अहिले उच्च अदालत पाटनले दिएको आदेशको फाइल जिल्ला अदालत काठमाडौंमा पुगिसकेको छ।

अब जिल्ला अदालतले उच्चको आदेशसहितको फाइल केन्द्रीय कारागारमा पठाउने छ। त्यसपछि स्वास्थ्य जाँच गरेर सन्दीपलाई रिहा गरिनेछ।

उनका वकिल सरोजकृष्ण घिमिरेले कारागारबाट स्वास्थ्य जाँच सकिएपछि जिल्ला अदालतमा तारेख लिन जानुपर्ने बताएका छन्। 

'उच्च अदालतबाट आदेशको फाइल जिल्ला अदालतमा गइसकेको छ। जिल्ला अदालतले अब त्यो फाइल यहाँ (कारागार) पठाउँछ,' उनले भने, 'त्यसपछि उनको  धस्वास्थ्य चेकजाँच गरेर फेरि तारिख लिनुपर्छ। जिल्ला अदालतबाट तारेख लिनुपर्छ अनि मात्रै छाडिन्छ।'

अधिवक्ता घिमिरेले जेलबाट रिहा भएसँगै सन्दीपलाई क्रिकेटमा फर्किन कुनै समस्या नहुने बताएका छन्। 

भिडिओ

'एन्जाइटी र डिप्रेशनको पार्टमा उनलाई काउन्सिलिङ जरुरी छ। तर समग्र स्वास्थ्य त राम्रो छ', उनले भने, 'खेलको विषयमा अदातलको आदेश चाहिँदैन।'

घिमिरेले अदालतको आदेशसँगै अब नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई कप्तानको भूमिकामा फर्काउनुपर्ने बताएका छन्।  

'क्यानले अब उनलाई क्याप्टेनमा फर्काउनुपर्छ', उनले भने, 'अहिले नेपाली क्रिकेटको अवस्था हेर्नुस् त, डिभिजन नै घटुवा हुने अवस्था आइसकेको छ', उनले भने, 'क्यानले यदि गम्भीरतापूर्वक लिन्छ भने सन्दीपलाई कप्तानमा फर्काउनुपर्छ।'

घिमिरेले सन्दीपको रिहाइका लागि उनका आफन्तले अहिले २० लाख धरौटी जुटाइरहेको बताए। उनले आजै सन्दीपलाई कारागरमा भेटेको पनि बताए। 

'मैले अदालतबाट राखिएका शर्तहरुबारेमा उसलाई जानकारी गराउनुपर्ने थियो। त्यहीकारण कारागारमा छिरेर उनलाई जानकारी गराएँ', उनले भने, 'उसले पालना गर्नुपर्ने नियमहरु छन्। ती सबै मैले बुझाइसकेको छ। आज २/३ बजेभित्रमा हामी छुट्छन्।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .