ad ad

कारोबार


माघे संक्रान्तिका लागि २ दिन नारायणगढ–मुग्लिन सडक खुला हुने

माघे संक्रान्तिका लागि २ दिन नारायणगढ–मुग्लिन सडक खुला हुने

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १२:१६, चितवन

नारायणगढ–मुग्लिन सडकखण्डमा भोलि (शनिबार) र पर्सि (आइतबार) गाडी नरोकिने भएको छ। 

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सडक दिउँसो ४ घण्टा बन्द गर्ने गरिएकामा माघे सङ्क्रान्तिका लागि २ दिन खुला गरिने भएको हो। 

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्ण रूपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम भइरहेको छ। 

सो आयोजना हेर्ने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार यातायात रोकेर काम गर्दा प्रभावकारी भएको छ। निर्माणाधीन पाँच पुलमध्ये तीनवटाको भित्तो काट्ने काम सकिएको छ।

उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो। चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी छ। तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ। देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ।

यी पुलसँगै काम थालिएका नौ पुल बनिसकेका छन्। यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए। पाँचवटा पुल निर्माणाधीन छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .