ad ad

खेल


युभेन्टसविरुद्ध नापोलीको शानदार जित, शीर्ष स्थानमा बनायो फराकिलो अन्तर

युभेन्टसविरुद्ध नापोलीको शानदार जित, शीर्ष स्थानमा बनायो फराकिलो अन्तर

नेपालखबर
पुस ३०, २०७९ शनिबार ८:४१, काठमाडौँ

युभेन्टसविरुद्ध शानदार जित हासिल गर्दै नापोलीले इटालियन सिरी को शीर्ष स्थानमा स्पष्ट १० अंकको फराकिलो अन्तर बनाएको छ। 

डिएगो म्यारोडोना स्टेडियममा गएराति भएको खेलमा युभेन्टसलाई ५–१ ले हराउँदै नापोलीले १८ खेलबाट ४७ अंक बनाएर शीर्ष स्थानलाई बलियो बनाएको हो। 

हारसँगै युभेन्टसको पछिल्ला ८ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। पराजित युभेन्टस अंकतालिकाको तेस्रो स्थानमा झरेको छ। समान अंक भए पनि एक खेल कम खेलेको एसी मिलान भने दोस्रो स्थानमा उक्लेको छ। 

नापोली सन् १९९० पछि पहिलोपटक सिरी को उपाधि उचाल्ने होडमा छ। 

नापोलीको जितमा भिक्टर ओसिनहेनले दुई तथा खविचा कारात्सखेलिया, अमिर रहमानी र एलिफ एल्मासले एक एक गोल गरे। 

युभेन्टसका लागि एन्जल डी मारियाले एक गोल फर्काए। 

युभेन्टसले १९९३ को मे पछि पहिलो पटक प्रतियोगितामा पाँच गोल खाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .