ad ad

मधेस


सर्लाहीमा साढे १२ लाख बरामद, काठमाडौँका चारजना र भारतीय पक्राउ

सर्लाहीमा साढे १२ लाख बरामद, काठमाडौँका चारजना र भारतीय पक्राउ

फाइल फाेटाे


नेपालखबर
पुस ३०, २०७९ शनिबार ८:५५, सर्लाही

सर्लाही प्रहरीले साढे १२ लाख रुपैयाँसहित सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ। 

शुक्रबार दिउँसो गोडैता र मलंगवाबाट १२ लाख ४५ हजार नेपाली रुपैयाँसहित कार चालक र साइकल चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

शुक्रबार दिउँसो बरहथवाबाट भारततर्फ जाँदै गरेको अवस्थामा गोडैता नगरपालिका १२ स्थित लक्ष्मी चोकमा जाँच गर्दा प्रदेश ०१ ०२५ च १७९४ नम्बरको कारबाट १० लाख ४५ हजार बरामद भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। 

रकमको स्रोत नखुलेपछि नगद र कारसहित त्यसमा सवार चार जनालाई पनि नियन्त्रणमा लिइएको उनले बताए। 

पक्राउ पर्नेमा कार चालक काठमाडौं कागेश्वर मनोहरा नगरपालिका ८ का ३२ वर्षीय प्रल्हाद चापागाईं, सोही ठाउँका २७ वर्षीय सनम बस्नेत, ३६ वर्षीय शिव चापागाईं र ४८ वर्षीय कृष्ण दाहाल छन्। उनीहरु नेपाली रुपैयाँ लिएर किन भारत जाँदै थिए भन्ने कुरा खुलेको छैन। 

त्यसैगरी शुक्रबारै प्रहरीले मलंगवा नगरपालिका २ बाट एक भारतीयलाई २ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। 

साइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारत सीतामढी घर भएका १९ वर्षीय राहुल महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सुराकीको आधारमा उनको शरीर खानतलासी गर्दा दुई लाख रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .