ad ad

खेल


चलेन पीएसजीको ‘ट्रिओ’, घरेलु लिगमा अर्को हार

चलेन पीएसजीको ‘ट्रिओ’, घरेलु लिगमा अर्को हार

नेपालखबर
माघ २, २०७९ सोमबार १०:२२, काठमाडौँ

विश्व चर्चित स्ट्राइकरले भरिएको पेरिस सेन्ट जर्मन (पीएसजी) ले घरेलु लिगमा अर्को हार बेहोरेको छ। फ्रेन्च लिग १ मा पाहुना टोली पीएसजी गएराति रेन्ससँग १–० ले हारेको हो। 

विश्वकै सबैभन्दा दर्बिलो मानिएको पीएसजीको ट्रिओ गोलविहीन बन्दा अग्रता ३ अंकमा खुम्चिएको छ। लियोनल मेस्सी, नेयमार र एम्बाप्पेजस्ता स्टार रेन्सविरुद्ध गोल गर्न असफल भए। 

रेन्सका लागि हमारी ट्राओरेले ६५ र्औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। खेलको सुरुवात एम्बाप्पेबिनै गरेको पीएसजीले ५५औं मिनेटमा इकिटिकेको स्थानमा एम्बाप्पेलाई मैदान पठाएको थियो। 

तर एकसाथ तीन स्टार हुँदा पनि पीएसजी गोलविहीन भयो। विश्वकपपछि यी तीन स्टार एकसाथ पहिलोपटक टिममा सामेल भएका हुन्।

आन्तरिक मनमुटावको असर खेलमा समेत देखिएको थियो। पछिल्लो समय मेस्सी र नेयमारसँग एम्बाप्पेको सम्बन्ध सुमधुर छैन।

पछिल्ला तीन खेलमा पीएसजीको यो दोस्रो हार हो। १९ खेलबाट ४७ अंक जोडेको पीएसजी लिगकोम शीर्षस्थानमा यथावत् छ। दोस्रो स्थानको लेन्सको ४४ अंक हुँदा पीएसजीलाई हराएपछि रेन्स ३७ अंकसहित ५औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .