नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी क्लबका फरवर्ड जर्जप्रिन्स कार्की नेपाली सेनाको शान्ती मिसन अन्तर्गत लेबनान गएका छन्।
त्रिभुवन आर्मी क्लवका जर्जप्रिन्सले पछिल्लो समय स्पेनको टोलीसँग घरेलु मैदानमा काठमाडौँ–११ को टोलीबाट मैत्रीपूर्ण खेल खेलेका थिए।
सन् २०१५ मा आर्मीमा जोडिएका जर्जप्रिन्सले सन् २०१७ बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। जर्जप्रिन्सले सिनियर टोलीबाट ७ खेल खेलेका छन्। जर्जप्रिन्सले २०२१ मा नेपाल सुपर लिगमा एफसी चितवनबाट खेलेका थिए।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना खटिँदै आएको छ। पुस ३० गते युनिफाइल लेवनानमा तैनाथ गोरखबक्स गण (शान्ति
सेना ६३ औं डफ्फालाई बदली गर्नको लागि पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फाको पहिलो टोली लेवनान पुगेको हो।
प्रमुख सेनानी अनिल कुमार बुढाथोकीको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमानमार्फत २१३ जना शान्ति सैनिकहरु काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्।
टोलीलाई सैनिक सचिव सहायक रथी गौरव कुमार केसीले विदाइ गरे।
मिसनमा तैनाथ गोरखबक्स गण (शान्ति सेना) ६३औँ डफ्फाको पहिलो टोलीका २१४ जना शान्ति सैनिकहरु सेनानी इन्द्रभक्त महर्जनको नेतृत्वमा स्वदेश फर्किएका छन्।
Shares
प्रतिक्रिया