ad ad

समाज


काठमाडौंबाट २ जना फरेन्सिक विज्ञ पोखरा पुगे, पोस्टमार्टम सुरु हुँदै

काठमाडौंबाट २ जना फरेन्सिक विज्ञ पोखरा पुगे, पोस्टमार्टम सुरु हुँदै

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ २, २०७९ सोमबार १३:२६, काठमाडौँ

यती विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फारेन्सिक विज्ञ पोखरा पुगेका छन्।

दुर्घटनामा परेको ६८ जनाको  शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ। जसमध्ये ३८ जनालाई पहिचान भइसकेको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जाानकारी दिए। 

उनका अनुसार त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा। समारिका दाहाल पोखरा पुगेका हुन्।

प्रतिष्ठानमा पाँच जनाको फोरेन्सि टिक रहे पनि दुर्घटनामा मृत्यु भएकाको पहिचान पोष्टमार्टमका लागि राष्ट्रिय टिम बनाइनुपर्ने भएकाले काठमाडौंबाट पनि डाक्टर सहभागी भएको उनले जानकारी दिए।

दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ।

चार जनाको शवको खोजी भइरहेको छ। भेटिएका शवमध्ये ३८ जनाको पहिचान भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .