ad ad

खेल


प्रिमियर लिगमा वेस्ट ह्यामको पहिलो जित

प्रिमियर लिगमा वेस्ट ह्यामको पहिलो जित

नेपालखबर
माघ ८, २०७९ आइतबार ८:२८, काठमाडौँ

जारोड बोवेनको दुई गोलमा इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले एभर्टनलाई हराएको छ। 

शनिबार राति भएको खेलमा वेस्ट हयामले एभर्टनलाई २–० गोल अन्तरले हराउँदै रेलिगेसन जोनबाट बचाएको छ।

खेलको ३४ र ४१औँ मिनेटमा बोवेनले गोल गर्दै टोलीलाई रेलिगेसन जोनबाट बचाएका हुन्। 

पछिल्लो तिन महिनामा वेस्ट ह्यामको यो पहिलो प्रिमियर लिग जित हो। वेस्ट ह्यामको जितले भने एभर्टनलाई दबाब बढेको छ। एभर्टन १५ अंकमा अंक तालिकाको १९औँ स्थानमा छ। 

वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयेसले एर्भटनविरुद्धको जित आफूहरुका लागि महत्त्वपूर्ण भएको भन्दै यो जितले आफूलाई ठूलो राहत दिएको बताए। 

गएराति नै भएको अर्को खेलमा न्यु क्यासलले यो सिजनमा क्रिस्टल प्यालेससँग तेस्रो गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। न्यु क्यासलले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै शीर्ष १५ मा रहनका लागि अपराजित यात्रालाई कायम राखेको छ। 

गएरातिकै खेलमा लेस्टर र ब्राइटोनले २–२ गोलको बराबरी गर्दै अंक बाँडेका छन्। एस्टोन भिल्लले भने साउथहेम्टोनविरुद्ध १–० को जित दर्ता गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .