ad ad

खेल


नेपाल टी२० लिग : क्यान र भारतीय कम्पनीबीचको सम्झौता नै त्रुटीपूर्ण

नेपाल टी२० लिग : क्यान र भारतीय कम्पनीबीचको सम्झौता नै त्रुटीपूर्ण

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०७९ आइतबार १८:१२, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्बीच नेपाल टी २० लिग आयोजनाका लागि भएको सम्झौता त्रुटीपूर्ण रहेको छानविन समितिले निष्कर्ष निकालेको छ। 

नेपाल टी २० लिग आयोजनाको सुरुवात देखि नै विवादमा परेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत पुस २० गते कार्यकारी सदस्य एकेन्द्र कुवँरको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो। 

समितिका संयोजक कुँवरले भने, छानविनका लागि आज आइतबारसम्मको समय सिमा भएपनि बिचमा ५ दिन बिदा परेका कारण काम गर्न सकेनौँ। अब छानविनका लागि बुधबारसम्मको समयसीमा छ। 

म्याच फिक्सिङको विषय छानविन गर्ने काम समितिको नभएको भन्दै यसबारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले हेरिरहेको बताए। 

'क्यान र सेभेन थ्री स्पोर्टसबीच भएको सम्झौताको प्रक्रिया मिलेको छैन। राखेपको ऐन विपरित काम गर्नुभएको छ', कुँवरले भने, 'नेपालको क्रिकेटलाई बचाउने कुरा हो। ठुलो एक्सन लिएर पहिलाको जस्तो दुर्घटना नहोस् भन्ने छानविन समितीको सुझाव हो।' 

छानबिन समितीले खेलाडीले पारिश्रमिक नपाएको, विदेशी खेलाडीको श्रम स्वीकृतिको विषय तथा  प्रतियोगिता जारी रहँदा आयोजक सम्पर्क विहिन भएको जस्तो विषयमा छानबिन गरेको थियो।  

क्यानले भारतीय कम्पनीसँग सम्झौता गरेको छ। भारतीय कम्पनीले नलिएमा सबै जिम्मेवारी क्यानले लिने भन्ने छ। 

सरोकारवालासँग बयान सकेर प्रतिवेदन लेख्ने कामको अन्तिम चरणमा रहेको भन्दै मंगलबार, बुधबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने कुँवरले बताए।

नेपाल टी२० लिग पुस ९ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियो। 

नेपालमा यसअघि ३ फ्रेन्चाइज लिग हुँदै आएकोमा क्यानले नेपालमा एक मात्र आधिकारिक लिग हुने भन्दै नेपाल टी २० लिग आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .