नोभाक जोकोभिचले १०औं पटक कीर्तिमानी अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्।
२२औँ ग्रान्डस्लाम उपाधि जितेका जोकोभिचले स्पेनिस राफयल नाडालको कीर्तिमानी बराबरी गरेका हुन्।
१०औं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेपछि चौथो वरीयताका सर्वियन जोकोभचले यो आफ्ना लागि सबैभन्दा ठूलो जित भएको बताएका छन्।
आइतबार राति तेस्रो वरीयताका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिचले १०औंपटक अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए।
जोकोभिचले ग्रीसका सित्सिपासलाई ६–३, ७–६ (७–४) र ७–६ (७–५) ले हराएका थिए।
३५ वर्षिय जोकोभिचले यसअघि सन् २००८, २०११, २०१२, २०१३, २०१५, २०१६, २०१९, २०२० र २०२१ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए।
33
Shares
प्रतिक्रिया