भारतमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्रशिक्षण सुरु गरेको छ।
राष्ट्रिय टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबारदेखि प्रशिक्षण सुरु गरेको हो। टोलीका प्रशिक्षक अनन्तराज थापाले प्रारम्भिक प्रशिक्षणमा ४३ खेलाडीलाई बोलाएका छन्।
नेपालले आगामी फागुन १ गतेदेखि १३ गतेसम्म भारतमा दुई मैत्रीपुर्ण खेल खेल्नेछ।
भारतीय फुटबल संघको प्रस्तावमा नेपाली टोलीले दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
राष्ट्रिय टोलीको म्यानेजर वृन्दा देवानका अनुसार अहिलेसम्म दुई खेल हुने मात्र निश्चित भएको छ। बाँकी खेलका लागि अहिलेसम्म केही कुरा भएको छैन। दुई खेल खेल्ने भने तय भइसकेको छ।
प्रारम्भिक टोलीः
गोलरक्षकः अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, सपना राई, कविता विक
डिफेन्डरः अमृता जैसी, अन्जली वाइबा, विमला विक, घिम कुमारी गुरुङ, गीता राना, हिरा कुमारी भुजेल, कविता धिमाल, खुस्मा राई, मनिका कुस्वार, निशा थोकर, समिक्षा घिमिरे, सिर्जना चेम्जोङ, सुनिता चौधरी, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ
मिडफिल्डरः अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा न्यौपाने, दिपा शाही, मन्जली कुमारी योन्जन, प्रिती राई, रेनुका नगरकोटे, सरस्वती हमाल, सरु लिम्बु, हेमा चौधरी, सरस्वती ऐर, मेनुका आले मगर
फरवार्डः अमिषा कार्की, कुसुम खतिवडा, निर्मला विक, रश्मी कुमार घिसिङ, रेखा पौडेल, सविता रानामगर, सावित्रा भण्डारी, चन्द्रा भण्डारी, संजु कुमाल, अनुष्का शेर्पा
Shares
प्रतिक्रिया