अस्ट्रियाका मिडफिल्डर मार्सेल सबिट्जर बायर्न म्युनिखबाट म्यानचेस्टर युनाइटेड पुगेका छन्।
युनाइटेडले मार्सेललाई लोनमा क्लबमा अनुबन्ध गरेको हो।
युनाइटेड पुगेपछि मासेलले भने, ‘कहिलेकाहीँ तपाईंले जीवनमा छिटो र महत्वपूर्ण निर्णय लिनुपर्छ।’
उनले यो प्रस्ताव आएदेखि नै आफ्ना लागि सही प्रस्ताव भएको लागेको बताएका छन्।
उनले भने, ‘म प्रतिस्पर्धी खेलाडी भएका नाताले यो सिजन क्लबलाई आफ्नो लक्ष्य हासिल गर्न मद्दत गर्ने चाहन्छु, मलाई लाग्छ- म खेलाडीका रुपमा अहिले शिखरमा छु र टोलीमा धेरै अनुभव र ऊर्जा दिन सक्छु।’
उनले थपे, ‘म मेरो नयाँ टोलीका साथीहरु, व्यवस्थापक र टोलीका समर्थकलाई आफ्नो क्षमता देखाउन उत्साहित छु।’
सन् २०२१ मा बायर्नमा पुगेयता उनले क्लबका लागि ५४ खेल खेलिसकेका छन्।
अस्ट्रियाका लागि ६८ खेल खेलेका उनले १२ गोल गरिसकेका छन्।
Shares
प्रतिक्रिया