ad ad

खेल


जोर्जिन्हो १८ महिनाका लागि आर्सनलमा अनुबन्ध

जोर्जिन्हो १८ महिनाका लागि आर्सनलमा अनुबन्ध

नेपालखबर
माघ १८, २०७९ बुधबार ८:६, काठमाडौँ

इंग्लिस प्रिमियर क्लब आर्सनलले इटालियन मिडफिल्डर जोर्जिन्होलाई क्लबमा अनुबन्ध गरेको छ। 

आर्सनलले जोर्जिन्होलाई १८ महिनाका लागि १२ मिलियन पाउन्डमा चेल्सीबाट क्लबमा ल्याएको हो। उनलाई सम्झौता थपका लागि १ वर्षको विकल्पसमेत दिइएको छ। 

जर्जिन्होले यो प्रस्तावले आफू केही अचम्मित भएको भन्दै यो आफ्ना लागि अद्‌भूत चुनौती भएको सुनाएका छन्। 

जनवरी विन्डोमा आर्सनल पुग्ने जोर्गिन्हो तेस्रा खेलाडी हुन्। यसअघि क्लबले पोल्यान्डका डिफेन्डर ज्याकुब किवियरलाई स्पेजियाबाट २० मिलियन युरोमा र बेल्जियमका स्टाइकर लिआन्डो ट्रोसार्डलाई २१ मिलियन पाउण्डमा ब्राइटनबाट क्लबमा भित्र्याएको छ। 

३१ वर्षीय जोर्जिन्हो सन् २०१८ मा नापोलीबाट चेल्सी पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .