नेपाल टी २० लिगका कारण वर्तमान कार्यसमिति विवादमा आएपछि नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ।
वर्तमान कार्यसमितिको कार्यकाल सकिन ४ महिना बाँकी रहँदा नै क्यानको निर्वाचन हुन लागेको क्यान सदस्यले जानकारी दिएका छन्।
क्यानको पोखरामा जारी बोर्ड बैठकले फागुन १४ र १५ गते सुर्खेतमा साधारण सभा गर्ने निर्णय गरेको छ। साधारण सभापछि निर्वाचन गर्नेछ।
यस्तै क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन्। मल्लको राजीनामापछि केन्द्रीय सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको छ।
नेपाल टी२० लिगमा विवाद, फिक्सिङ लगायतको कारण क्यानभित्रै विवाद बढ्दै गएपछि उनले राजीनामा दिएका हुन्। मल्ल नेपाल टी२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समेत थिए।
पोखरामा हिजोदेखि जारी बैठक आज सकिँदै छ।
Shares
प्रतिक्रिया